दिन दिनै दीनताले अब निकै सताउन थाल्यो
देशको समृद्धी पनि अब त्यसै हराउन थाल्यो
शंतानको बिचल्ली देखि मातृभूमि उदाश छिन
काली गण्डकी कर्णाली सबै आँशु बगाउन थाल्यो
कहाँ गएछ गौरव हाम्रो इतिहास कता हरायो
सगरमाथा निराश हुदै शिर निहुराउन थाल्यो
जात पात र क्षेत्र भन्दै अंश बन्डा गर्ने भए छन
तराई बाट दाजुभाइले नै निकाली भगाउन थाल्यो
मन्मा पिडा भएपनी बाहिरी हासो हासेको छु ।
तिमी बिना जिन्दगीमा चोट सहेर बाचेको छु ।
मुटु भित्र राख्न खोजे तर तिमी बिझाइ रहयौ ।
आफ्नो बनाइ बाच्न खोजे तर पनि पराइ भयौ ।
बाकी जिबन खै कसोरी बाच्ने भन्दै सोचेको छु ।
मन्मा पिडा भएपनी बाहिरी हासो हासेको छु ।
झुठो माया अङ्गालेर चोखो माया त्यागी गयौ ।
मैले बस्ने त्यो दिल भित्र पराइ मान्छे राखिगयौ ।
तिम्रो खुशी हेर्न अझै ईश्वर मैले भाकेको छु ।
मन्मा पिडा भएपनी बाहिरी हासो हासेको छु ।
संसारमा आमा भन्दा ठूलो नाता कुन्छ ?
टुहुरो भै बाँचेको छु यो मन साह्रै रुन्छ
ममताकी खानी अनि वात्सल्यकी मूर्ति
सम्झनाले छाती मेरो छिया छिया हुन्छ
दस धारा दुधको भारा कहिले तिर्नु मैले
दिमाग भित्र सधैँ भरि यही एउटा धुन्छ
बेसहारा भएको छु कोही छैनन् जस्तो
धैर्यताको बाँध फुट्दा बाध्यताले थुन्छ
पुर्खाहरुले लड्नु लडे नालापानीमा ।
अब हामी लड्नु पर्छ कालापानीमा ।
जती सह्यो उति हेप्ने भारतको निति ।
कतीन्जेल चुप बस्ने हामी जानाजानिमा ।
सबै मिली सिमानाको रेखा कोरौ दरो ।
कहिकतै लुट्न नदिइ कुनाकानिमा ।
बिरगोर्खाली नेपाली खुकुरी हो शान हाम्रो ।
आइजा भारत लड्छौ अल्झिदैनौ तानातानिमा ।
म सागर हुँ ठानेको त खहरे रहेछु
सुक्नु थियो क्षणभरमा नै उर्लि बहेछु!!
पात-पतिंगर ढुङ्गा माटो साथ लिएर गएँ
वर्षा रुक्यो तागत सकियो ठण्डाराम भएँ
क्षणिकताको उन्मादमा बेहोस भएछु
सुक्नु थियो क्षणभरमा नै उर्लि बहेछु!!
अस्तित्व मेरो मेटिनु थियो नदीमा मिसिएँ
बेनाम म वर्षाको पर्खाईमा समुल चिसिएँ
देखिन जुक्ति नदीको ब्यंग मैले सहेछु
सुक्नु थियो क्षणभरमा नै उर्लि बहेछु!!