नियतिले छल्दै छ, छले पनि गै हाल्छौ,
छाती मेरो जल्दै छ, जले पनि गै हाल्छौ।
तिमीसितै जानेछन्, मेरा हाँस्ने बहाना,
जुनीभर आँसु मात्रै, फले पनि गै हाल्छौ।
जिन्दगीमा अर्को भेट, हुन्छ हुन्न के थाहा?
पीडाले मन गल्दै छ, गले पनि गै हाल्छौ।
वारि-पारि पार्नेछ, घामको लाली किरणले,
आँधीहुरी चल्दै छ, चले पनि गै हाल्छौ।
म त सोच्नै सक्तिनँ, जीवन तिमीविनाको,
सायद जीवन ढल्दै छ, ढले पनि गै हाल्छौ।
कति जल्छ्न चाहना जलिरहन देउ प्रिय !
कति फल्छन सपना फलिरहन देउ प्रिय !!
आशा बिश्वास मायाको सँधै फुलीरहोस !
कति ढल्छन तिर्शना ढलिरहन देउ प्रिय !!
हाम्रो पबित्र साथको महत्व सँधै झुलिरहोस !
कति गल्छन कल्पना गलिरहन देउ प्रिय !!
बैरी दुनियाँ बुझ्दैन प्रेम यो सँधै डुलीरहोस !
कति चल्छन भावना चलिरहन देउ प्रिय !!
चोखो मायाका स्पर्श हाम्रो सँधै घुलिरहोस !
कति बल्छन बिपना बलिरहन देउ प्रिय !!
जति पनि लेखिएका शब्दहरु हुन्छन ।
सबै बास्तबिक यथार्थ नै
हुन्छ भन्ने पनि छैन ।
कविले कल्पनामा
सागरको मोति झिकेर,
चन्द्रमाको ज्योति टिपेर,
सारा जगत एउटा मालामा उनेर
र सारा मुटु र मन लाई
आफ्नो वशमा पारेर
कविता, गीत, गज़ल,
कथा, नाटक, खण्डकाब्य,
महाकाव्य र गीति कविता कोर्ने गर्छन ।
हाँसी हाँसी जिएँ प्रीत मनकै परेलीमा !
गाँसी गाँसी सिएँ जीत मनकै परेलीमा !!
आउ तिमी उर्लिएर बनि बिशाल नदि झैँ !
टाँसी टाँसी दिएँ हीत मनकै परेलीमा !!
छाउ तिमी झांगिएर बनि आकाश बेली झैँ !
माँसी माँसी पिएँ शीत मनकै परेलीमा !!
गाउ तिमी कुर्लिएर बनि आक्रोस ज्वाला झैँ !
नाँसी नाँसी लिएँ मीत मनकै परेलीमा !!
सिर्रसिर्र शीतल पवन, चल्दा किन रुन्छ्यौ?
अँधेरीमा झलमल दियो, बल्दा किन रुन्छ्यौ??
त्यस्तो थिएँ, यस्तो भएँ ! यस्तै रै'छ जीवन !!
छल्यो पापी नियतिले ! छल्दा किन रुन्छ्यौ?
अमृतको बोट अनुवाद भो', विषको बोटमा सानी !
विषको बोटमा विषै फल्छ, फल्दा किन रुन्छ्यौ?
जलाउनै पर्यो आखिर !नजलाए सड्छ !!
के काम नत्र प्राणहीन तनको?जल्दा किन रुन्छ्यौ??
सिर्रसिर्र शीतल पवन, चल्दा किन रुन्छ्यौ?
अँधेरीमा झलमल दियो, बल्दा किन रुन्छ्यौ??